पाँच हजार घुससहित वन कार्यालय प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुस लिएको अभियोगमा रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ ।

 

वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग पाँच हजार घुस लिँदै गर्दा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

मध्य पहाडी लोकमार्ग निर्माणः १२ वर्षमा ४२ प्रतिशत भौतिक प्रगति Read Previous

मध्य पहाडी लोकमार्ग निर्माणः १२ वर्षमा ४२ प्रतिशत भौतिक प्रगति

बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा Read Next

बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा