बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकबाट सोनाम ल्होसार पर्वको अवसरमा बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ ।

 

ल्होछार दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ । यस वर्षकाे सोनाम ल्होसार पर्व  माघकाे १० गते शुक्रबार  परेकोले बागमती प्रदेशमा सार्वजनिक बिदा दिएको हाे ।

पाँच हजार घुससहित वन कार्यालय प्रमुख पक्राउ Read Previous

पाँच हजार घुससहित वन कार्यालय प्रमुख पक्राउ

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री Read Next

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री