१२९८ फरार प्रतिवादी पक्राउ

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा फैसला कार्यान्वयनअन्तर्गत १ हजार २९८ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउनमा १२९, भदौमा ३९९, असोजमा १८४, कात्तिकमा १०३, मङ्सिरमा २०८ र यही पुसको ११ गतेसम्म २७५ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी पसिरर काठमाडौँले बिहीबार मात्रै ७१ फरार प्रतिवादी पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकालालाई अदालतसमक्ष पेस गरिएको उनको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको थियो । चालु आवको हालसम्म पक्राउ परेका

प्रतिवादीविरुद्ध ४ करोड ४९ लाख ५३ हजार ८५९ रुपैयाँ जरिवाना र १२० वर्ष १० दिन कैद फैसला भएको छ । प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार रहेका प्रतिवादी लुकीछिपी बसिरहेको जानकारी भए सूचना दिन सर्वसाधारणमा आग्रह गरेको छ ।

बीमा कम्पनीले घरजग्गा किनबेच गर्ने मापदण्ड तयार, यस्ता छन् व्यवस्था Read Previous

बीमा कम्पनीले घरजग्गा किनबेच गर्ने मापदण्ड तयार, यस्ता छन् व्यवस्था

नेप्सेमा ९ लाख कित्ता बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा ९ लाख कित्ता बोनस सेयर सूचीकृत