राष्ट्रपति पौडेलद्वारा ५ देशका राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ मुलुकका लागि राजदूत नियुक्त गरेका छन् ।

नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको हो ।

प्रधानमन्त्री ओली अमेरिका जाँदा सवा ४ करोड खर्च Read Previous

प्रधानमन्त्री ओली अमेरिका जाँदा सवा ४ करोड खर्च

बाढीपहिरोको क्षतिबापत १६ बीमा कम्पनीले दिए १.१९ अर्ब दाबी भुक्तानी Read Next

बाढीपहिरोको क्षतिबापत १६ बीमा कम्पनीले दिए १.१९ अर्ब दाबी भुक्तानी