अमेरिकी राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आइतबार फ्लोरिडाको आफ्नो गल्फ कोर्समा गल्फ खेलिरहेको समयमा उनीमाथि आक्रणमको प्रयास भएको हो ।

यद्यपि ट्रम्पमाथि आक्रमण हुनु अगाडि नै सुरक्षाकर्मीहरुले संदिग्ध व्यक्तिलाई झाडीमा लुकेर बसेको अवस्थामा गोली हानी भगाउन सफल भएका थिए । उनलाई भागेको केही समयपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्ति ५८ वर्षीय र्‍यान वेस्ली रूथ रहेको अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । संदिग्ध व्यक्ति भागेको स्थानबाट एके–४७ राइफल र अन्य सामानहरू बरामद गरेको छ।

घटनापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आफू ठीक रहेको बताएका छन्। ह्वाइट हाउसले उक्त घटनाबारे राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई जानकारी गराइएको जनाएको छ।

ट्रम्पमाथि आक्रमणको प्रयास भएको यो दोस्रो पटक हो।यसअघि जुलाई १३ मा पेन्सिलभेनियाको र्‍यालीमा सम्बोधन गर्दै गरेका ट्रम्पमाथि गोली नै प्रहार भएको थियो।

नारायणगढ-मुग्लिन सडकको ९ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन Read Previous

नारायणगढ-मुग्लिन सडकको ९ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

असोजमा ९ बैंकले घटाए ब्याजदर, १० वटाको स्थिर, कुनको कति ? Read Next

असोजमा ९ बैंकले घटाए ब्याजदर, १० वटाको स्थिर, कुनको कति ?