राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टाचार भेट गरेका छन् ।

भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै राज्यमाथि  जनताको पहुँच र स्वामित्व  यसैबाट स्थापित हुने धारणा व्यक्त गरे । उनले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताए ।

राष्ट्रपति पौडेलले यो सम्मेलनले दक्षिण एशियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिए ।

उनले भने- ‘समग्र  दक्षिण  एसिया क्षेत्रमा  स्वच्छ, पारदर्शीर विश्वसनीय  निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन रसुदृढीकरणका लागि यससंस्थामार्फत यहाँहरूको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु।’ राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरूसँग यस संस्थाको

साझा उद्देश्यहरू प्राप्त गर्न र चुनौतीविरुद्ध सामूहिक रुपमा सामना गर्नका लागि आपसी सहयोग र सहकार्यलाई अझ सुदृद्ध बनाउन नेपाल प्रतिवद्ध रहने पनि स्पष्ट पारे । सो क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२ औं सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा भारत, पाकिस्तान, बङ्गलादेश, मालदिभ्सलगायतका सार्क मुलुकका निर्वाचन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

सुपर त्रिशूली हाइड्रोपावरले बनायो त्रिशूली नदी माथि बेलिब्रिज, गोरखा र चितवन जोडिए Read Previous

सुपर त्रिशूली हाइड्रोपावरले बनायो त्रिशूली नदी माथि बेलिब्रिज, गोरखा र चितवन जोडिए

वीरगञ्जको कृषि औजार कारखानामा ५०० केभीएको नयाँ ‘ट्रान्सफर्मर’ जडान Read Next

वीरगञ्जको कृषि औजार कारखानामा ५०० केभीएको नयाँ ‘ट्रान्सफर्मर’ जडान