नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । उनी यही भदौ २४ गतेदेखि लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त भएका हुन् ।

नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपति पौडेलले साउन २५ गतेबाटै उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी दिएका थिए ।

नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका शर्मा भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दैछन् ।

 

राजस्व चुहावट नियन्त्रण गरी लक्ष्य पूरा गर्ने निर्णय Read Previous

राजस्व चुहावट नियन्त्रण गरी लक्ष्य पूरा गर्ने निर्णय

मुग्लिन-पोखरा सडककाे पश्चिमखण्डकाे कामको गति बढ्दै,  'ब्याककटिङ' ९५% सकियाे Read Next

मुग्लिन-पोखरा सडककाे पश्चिमखण्डकाे कामको गति बढ्दै, 'ब्याककटिङ' ९५% सकियाे