२५ सदस्यीय पुग्यो मन्त्रिपरिषद्, ३ राज्यमन्त्री थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम तीन राज्यमन्त्री नियुक्त गरी कार्यविभाजन तोकेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ नियुक्त भएका हुन् ।

तामाङ र बिक नेपाली काँग्रेस तथा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्री बनेका हुन् । उनीहरुको आजै शपथ हुनेछ । यो विस्तारसँगै वर्तमान मन्त्रिपरिषद्को सदस्य सङ्ख्या २५ पुगेको छ ।

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा Read Previous

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

विद्युत् विधेयकमा निजी क्षेत्रका माग समेट्न इप्पानको प्रधानमन्त्रीलाई आग्रह Read Next

विद्युत् विधेयकमा निजी क्षेत्रका माग समेट्न इप्पानको प्रधानमन्त्रीलाई आग्रह