उड्ने बित्तिकै दाहिने मोडिएर दुर्घटना भएको थियो सौर्यको जहाज

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको पाइएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण अनुसार बुधबार बिहान ११:११ बजे पोखरा उडेको सीआरजे ७ (रजिस्ट्रेसन-९एनएएमई) जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर (गोठाटार-खहरे) क्षेत्रमा दुर्घटना ग्रस्त हुन पुगेको हो ।

दुर्घटनापछि जहाजमा आगो लागेको थियो । आगो नियन्त्रणपछि दुर्घटनास्थलबाट १८ जनाको शव संकलन गरिएको प्राधिकरणले जनाएको छ ।मृत्यु हुनेमा सबै एयरलाइन्सका प्राविधिक र कर्मचारी रहेका छन् ।

जहाजका पाइलट मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरी काठमाडौं मेडिकल कलेज लगिएको छ ।

 

सौर्य एयरलाइन्सको विमान दुर्घटनाका तस्वीरहरू Read Previous

सौर्य एयरलाइन्सको विमान दुर्घटनाका तस्वीरहरू

देशभरका एम्बुलेन्समा रङ र साइरन एउटै बनाउन निर्देशन Read Next

देशभरका एम्बुलेन्समा रङ र साइरन एउटै बनाउन निर्देशन