सौर्य एयरलाइन्सको विमान दुर्घटनाका तस्वीरहरू

काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।

उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

 

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए।

प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

तस्वीर : नेपाल प्रहरी

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाकाे निधन Read Previous

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाकाे निधन

उड्ने बित्तिकै दाहिने मोडिएर दुर्घटना भएको थियो सौर्यको जहाज Read Next

उड्ने बित्तिकै दाहिने मोडिएर दुर्घटना भएको थियो सौर्यको जहाज