प्रधानमन्त्री ओलीले पाए दुईतिहाई विश्वासको मत, विपक्षमा ७४ मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । आइतबार संघीय संसदको प्रतिनिधि सभाको बैठकले उनलाई दुईतिहाई बढी विश्वासको मत दिएको हो ।

२७५ सदस्यीय प्रतिनिधि सभामा ओलीलाई १८८ सांसदले विश्वासको मत दिएका छन् । उनको विपक्षमा ७४ मत परेको छ । एक जना तटस्थ बसेका थिए । आज २६३ सांसद उपस्थित थिए ।

प्रधानमन्त्री ओलीलाई नेकपा एमाले नेपाली काँग्रेस, जनमत, जनता समाजवादी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी लगायत पाटीले विश्वासको मत दिएका हुन् ।

उनको विपक्षमा नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी  लगायतले मतदान गरेका हुन् ।

ओली नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी प्रधानमन्त्री बनेको यो चौथो पटक हो ।

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा छुट पाउने Read Previous

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा छुट पाउने

निफ्राको खुद नाफा १ अर्ब ३३ करोड, लाभांश क्षमता कति ? Read Next

निफ्राको खुद नाफा १ अर्ब ३३ करोड, लाभांश क्षमता कति ?