बौद्धमा गुडिरहेको बसको इन्जिन पड्कियो, एक जना घाइते

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको बौद्धमा गुडीरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते भएका छन् ।

बुधबार बिहान बौद्ध पीपलबोट सडकमा गुडिरहेको गोकर्णेश्वर यातायातको प्र ३-०१-००५ ख ९८६६ नम्बरको बसको इन्जिन पड्किँदा बसमा सवार ५४ वर्षीय दावा लामा घाइते भएका हुन् ।

घाइते लामाको अर्थपेडिक अस्पताल नारायणटारमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

बसको इन्जिन के कारणले पड्कियो भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उच्च भारवहन क्षमताको बनाइयो पथलैया-हेटौंडा सडक, ४० ग्रेडको बिटुमिन प्रयोग Read Previous

उच्च भारवहन क्षमताको बनाइयो पथलैया-हेटौंडा सडक, ४० ग्रेडको बिटुमिन प्रयोग

काठमाडौं महानगरको पूँजीगत खर्च ४२% मात्रै, सकेन पैसा खर्च गर्न Read Next

काठमाडौं महानगरको पूँजीगत खर्च ४२% मात्रै, सकेन पैसा खर्च गर्न