काठमाडौं । अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।पछिल्लो डेढ वर्षमा उनले विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो ।
असार १७ गते राति संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको थियो । त्यसपछि १९ गते एमालेले आफ्ना मन्त्रीहरु बोलाएर समर्थन फिर्ता लिएको थियो ।
संवैधानिक व्यवस्था अनुसार सरकारमा रहेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।
हाल उनलाई माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, एकीकृत समाजवादीका १०, अशोक राई नेतृत्वको जसपा ७ सांसदको समर्थन छ ।