प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पमादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता डा प्रकाशशरण महतले सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताए ।

कांग्रेस र एमालेबीच सत्ता समिकरणका लागि सोमबार सहमति भएको थियो । उक्त समिकरणमा अन्य दलको समेत समर्थन रहने प्रवक्ता डा. महतले बताए ।

बीमा दाबी गर्न आफ्नै पसलबाट २.१७ करोड चोरी गराएपछि... Read Previous

बीमा दाबी गर्न आफ्नै पसलबाट २.१७ करोड चोरी गराएपछि...

चालु वर्षमा ३८३ नयाँ उद्योग दर्ता, २.१७ खर्ब लगानी प्रस्ताव Read Next

चालु वर्षमा ३८३ नयाँ उद्योग दर्ता, २.१७ खर्ब लगानी प्रस्ताव