काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन् ।
सोबार बसेको पदाधिकारीको बैठकले तत्काल राजीनामा नदिएर संसदमा विश्वासको मत लिने निर्णय गरेको हो ।
सोमबार राति नेपाली काँग्रेस र नेकपा एमाले बीच नयाँ सरकार बनाउने सहमति भएसँगै दाहालले राजीनामा दिने अपेक्षा गरिएके थियो । तर, उनी अल्पमतमा पर्ने भए पनि तत्काल सरकार नछाड्ने भएका हुन् ।
यद्यपि, सत्ताघटक सबैभन्दा ठूलो दल नेकपा एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । एमालेले आफ्नो समर्थन फिर्ता लिएमा संवैधानिक व्यवस्था अनुसार प्रचण्डले ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ ।