काठमाडौं । ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ परेका छन् ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका सहकारीका अध्यक्ष अमरदास श्रेष्ठसहित कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सहकारीका कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र संस्थाका सदस्य ६१ वर्षीय कदमबाबा जोशी प्रधान रहेका छन् ।
उनीहरू माथि सहकारीको ३ करोड रुपैयाँ बचत रकम ठगी गरेको आरोप छ । यस सहकारीमा २२ हजार बढी बचतकर्ताको निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ बढी निक्षेप रहेको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले लालीगुराँसलाई गत फागुन २९ गते समस्याग्रस्त घोषणा गरेको थियो ।