सीतापाइलामा कार कल्भर्टमा खस्दा चालकको मृत्यु

काठमाडौं । स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो ।

दर्नाल आफैँले चलाएको बा प्र ०२७ च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो ।

राती खसेका उनको आज बिहान उद्धार गरिएको हो । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कर्जा असुलीमा केन्द्रित हुँदै बैंक, ल्याउन थाले ब्याज छुटसम्मको अफर Read Previous

कर्जा असुलीमा केन्द्रित हुँदै बैंक, ल्याउन थाले ब्याज छुटसम्मको अफर

काठमाडौंदेखि थाइल्याण्डसम्म बस चलाउने तयारी, अध्ययन गर्न गयो टोली Read Next

काठमाडौंदेखि थाइल्याण्डसम्म बस चलाउने तयारी, अध्ययन गर्न गयो टोली