चुनाव लड्न ट्रम्पलाई एकै व्यक्तिले दिए पौने ७ अर्ब चन्दा

वासिङटन । अमेरिकाको आगामी राष्ट्रपतिका रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पलाई एकै व्यक्तिले पौने ७ अर्ब रुपैयाँसम्म चन्दा दिएको पाइएको छ ।

उनलाई कन्जरभेटिभ बिलियनर टिमोथी मेल्लोनले ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ७० करोड रुपैयाँ) चन्दा दिएको संघीय इलेक्सन कमिसनको फाइलिङका क्रममा बिहीबार देखिएको हो ।

अमेरिकी संचार माध्यमका अनुसार ट्रम्पलाई न्युयोर्कस्थित अदालतले ३४ अभियोगमा दोषी ठहर गरेको भोलिपल्ट मेल्लोनले उक्त चन्दा रकम पठाएका थिए ।

ट्रम्पलाई यति ठूलो परिणममा चन्दा दिने मेल्लोन पिटर्सवर्गस्थित मेल्लोन ब्यांकिङ फेमिलीका उत्तराधिकारी हुन् । अर्बपति मेल्लोन एक एमेच्योर पायलट हुन् । उनले यातायात सम्बन्धी कम्पनीहरूमा लगानी गरेका छन् । फोर्ब्सका अनुसार मेल्लोन परिवारको कुल सम्पत्ति १४.१ अर्ब डलर रहेको छ ।

मेल्लोनले स्वतन्त्र उमेदवार रोबर्ट एफ केनेडी जुनियरलाई समेत २ करोड डलर (२ अर्ब ६७ करोड रुपैयाँ) चन्दा दिएका छन्।

त्यस्तै, ट्रम्पलाई बिलियनर लिज र डिक उहीहेलिनले पनि अर्को १ करोड डलर चन्दा दिएको बताइएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव आगामी नोभेम्बरमा हुँदैछ । जसमा वर्तमान राष्ट्रपछि जो बाइडेन र ट्रम्पले प्रतिस्पर्धा गर्नेछन् । एजेन्सी

मालढुङ्गा-बेनी सडक कालोपत्र गर्न १३ दिन बन्द गरिँदै Read Previous

मालढुङ्गा-बेनी सडक कालोपत्र गर्न १३ दिन बन्द गरिँदै

भक्तपुरको नलिञ्चोकमा संचालनमा आयो हेलिप्याड, एकपटकमा ४ उडान-अवतरण गर्न सकिने Read Next

भक्तपुरको नलिञ्चोकमा संचालनमा आयो हेलिप्याड, एकपटकमा ४ उडान-अवतरण गर्न सकिने