बहुवर्षे शिक्षा नीति बनाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बहुवर्षे शिक्षा नीतिका लागि सुझाव सङ्कलन गर्ने भएको छ ।

मस्यौदा गरेको ‘बहुवर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन कामपाले यही असार ७ गते सुझाव सङ्कलनको तयारी गरेको हो ।

कामपा सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार, सुझाव दिनका लागि अनलाइन फारम भर्नुपर्नेछ । समावेशीता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुने गरी आवेदकलाई एसएमएसमार्फत सहभागिताका लागि निमन्त्रणा गरिने उहाँले जानकारी दिनुभयो ।

नीति मस्यौदामाथि पृष्ठपोषण लिने क्रमको पहिलो चरणमा महानगरपालिकाका कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, विद्यालय निरीक्षकहरु, विद्यालयका प्रधानाध्यापकहरु, स्रोत शिक्षकहरु, विद्यार्थी, शिक्षक (तहगत रुपमा) शिक्षा क्षेत्रका अगुवा, अभिभावकहरुसँग सुझाव लिइसकिएको छ ।

नीति कार्यान्वयनमा सबैलाई समेट्न, नीतिलाई समावेशी तथा सहभागितामूलक बनाउन दोस्रो चरणमा सुझाव सङ्कलन गर्न लागिएको महानगरपालिकाले जनाएको छ । प्राप्त सुझाव समेटेर मस्यौदालाई शिक्षा समिति, कार्यपालिका बैठक तथा नगरसभा बैठकमा छलफल गराइनेछ । त्यहाँ प्राप्त सुझावसहित नीति पारित गरिने जनाइएको छ ।

कामपाले गत जेठ ३२ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

नेप्सेले गर्यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेले गर्यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

भारतले दुई छिमेकी समेटर १२७५ किमी रेगमार्ग विस्तार गर्दै, नेपालतर्फ २०२ किमी Read Next

भारतले दुई छिमेकी समेटर १२७५ किमी रेगमार्ग विस्तार गर्दै, नेपालतर्फ २०२ किमी