पहिरोले सिन्धुलीमा टेलर पुर्यो, लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् ।

त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।रासस

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा आज पनि तीनै जना गएनन्, प्रक्रिया नै रद्द हुने सम्भावना Read Previous

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा आज पनि तीनै जना गएनन्, प्रक्रिया नै रद्द हुने सम्भावना

अनुदानका लागि १८ लाख किसान सूचीकृत Read Next

अनुदानका लागि १८ लाख किसान सूचीकृत