जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

काठमाडौं । । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरमा जारी जसपाको राष्ट्रिय महाधिवेशनबाट यादव पुनः अध्यक्ष चयन भएका हुन् । उनले स्थापनादेखि नै जसपाको नेतृत्व गर्दै आएका छन् ।

अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।

महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने छन् ।

नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय, प्रतियुनिट मूल्य ९.३० रुपैयाँ Read Previous

नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय, प्रतियुनिट मूल्य ९.३० रुपैयाँ

जेनेभा पुगेर अध्यक्ष ढकाले भने-'नेपालमा लगानीको सम्भावना बढेको छ' Read Next

जेनेभा पुगेर अध्यक्ष ढकाले भने-'नेपालमा लगानीको सम्भावना बढेको छ'