महिला ट्राफिक प्रहरीलाई महिनावारीको बेला चार दिन छुट्टी, मापसे कारबाहीमा परेका खटिने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा ४ दिन महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् ।

महिला प्रहरीको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने लामिछानेले सामाजिक सन्जालमार्फत् जानकारी दिएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै Read Previous

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

बजेट भाषणको समय तीन बजेलाई सर्‍यो Read Next

बजेट भाषणको समय तीन बजेलाई सर्‍यो