८ महिनामै पौने ३ खर्ब बढ्यो राष्ट्र बैंकको सम्पत्ति, जम्मा कति छ ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिना (साउन-फागुन)मा नेपाल राष्ट्र बैंकको सम्पत्ति झन्डै पौने ३ खर्ब रुपैयाँ बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको वित्तीय विवरण अनुसार चालु वर्षको फागुनसम्म कुल सम्पत्ति २ खर्ब ७१ अर्ब रुपैयाँले बढेको हो ।

गत असार मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा बढेर १८ अर्ब ५९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकको कुल सम्पत्तिमध्ये १७ खर्ब ५२ अर्ब २३ करोड बराबरको विदेशी मुद्रा र १ खर्ब ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको स्वदेशी मुद्रा रहेको छ ।

राष्ट्र बैंकका अनुसार विदेशका विभिन्न बैंक खातामा १ खर्ब ८२ अर्ब ९० करोड रुपैयाँ, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सम्बद्ध २५ अर्ब ३० करोड, ५ खर्ब ८६ अर्ब ४८ करोड विदेशी बैंकमा टर्म डिपोजिट, ८ खर्ब ८३ अर्ब ७ करोड विदेशी ऋणपत्रमा लगानी र ७४ अर्ब ५२ करोड सुनमा लगानी गरेको छ।

त्यस्तै, १ खर्ब ६ अर्ब स्वदेशी मुद्रामध्ये नेपालका बैंक तथा वित्तीय संस्थामा ४० लाख, ३६ अर्ब १७ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी, ७ अर्ब ६४ करोड बण्ड र ट्रम डिपोजिट, ११ करोड ९५ लाख विभिन्न बैंक तथा वित्तीय संस्थालाई ऋण, १२ अर्ब ७२ करोड अन्य ऋण लगानी, ३ अर्ब ४० करोड सुनचाँदीमा लगानी रहेको छ । बाँकी रकम अन्य विभिन्न कोष तथा क्षेत्रमा लगानी रहेको छ ।

हाल ५ अर्ब चुक्ता पूँजी रहेको राष्ट्र बैंकको जगेगा कोषमा ५ खर्ब २६ अर्ब रुपैयाँ संचिति रहेको छ ।

 

 

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन गर्ने प्रधानमन्त्रीको आश्वासनपछि स्थानीय उत्साही Read Previous

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन गर्ने प्रधानमन्त्रीको आश्वासनपछि स्थानीय उत्साही

नेपाली प्लाइउड भारत निर्यातमा अवरोध हट्यो, बीआइएस चिह्नका लागि १ वर्ष म्याद थप Read Next

नेपाली प्लाइउड भारत निर्यातमा अवरोध हट्यो, बीआइएस चिह्नका लागि १ वर्ष म्याद थप