प्रधानमन्त्री प्रचण्डले पाए तेस्रोपटक विश्वासको मत, विपक्षमा ११० मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका पाएका छन् । बुधबार बसेको संघीय संसदको प्रतिनिधि सभाको बैठकले उनलाई विश्वासको मत दिएको हो ।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रचण्डलाई १५७  सांसदले विश्वासको मत दिएका छन् । २६८ सांसद उपस्थित भएको बैठकमा उनको विपक्षमा ११० जनाले मात्र मत दिएका छन् । एक जना तटस्थ बसेका छन् ।

प्रधानमन्त्री दाहाललाई संसदमा रहेका १२ मध्ये ६ दलले विश्वासको मत दिएका हुन् । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन् ।

नेपाली काँग्रेस, राप्रपा, लोकतान्त्रिक समाजवादी, नेपाल जनमत पार्टीका सांसदले भने प्रधानमन्त्रीको विपक्षमा मतदान गरे ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो १४ महिनामा विश्वासको मत लिएको यो तेस्रो पटक हो । उनले २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहाले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

त्यसको एक महिनामै संसदको दोस्रो ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि उनले दोस्रो पटक २०७९ चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।

अहिले फेरि कांग्रेससँगको गठबन्धन तोड्दै एमाले लगायत दलको गठबन्धन सरकार बनाएपछि उनले तेस्रोपटक विश्वासको मत लिएका हुन् ।

 

गण्डकीमा ८५ पक्की पुल निर्माण, ५३ निर्माणाधीन Read Previous

गण्डकीमा ८५ पक्की पुल निर्माण, ५३ निर्माणाधीन

७ महिनामा वाणिज्य बैंकले कमाए साढे ३५ अर्ब नाफा, कुनले कति ? Read Next

७ महिनामा वाणिज्य बैंकले कमाए साढे ३५ अर्ब नाफा, कुनले कति ?