काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनका उमेदवार नारायण दाहाल निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा प्रतिस्पर्धी नेपाली काँग्रेसका युवराज शर्मालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
दाहालले ३९ मत पाउँदा शर्माले १७ मत मात्र पाएका थिए । कुल ५९ सदस्यीय राष्ट्रिय सभाको निर्वाचनमा ५६ सांसद उपस्थित भएका थिए ।
दाहालले माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ सांसदले गरी ३९ जनाले मत हालेका थिए ।
शर्माले कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत पाएका थिए ।