गौशला हुँदै चल्ने सवारीसाधन १२ स्थानबाट डाइभर्सन

काठमाडौं । महाशिवरात्रिका अवसरमा ट्राफिक व्यवस्थापन गर्न पशुपति क्षेत्र हुँदै गुड्ने सवारी साधनलाई १ दर्जन ठाउँबाट डाइभर्सन गरिएको छ ।

पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भीडभाडलाई मध्येनजर गर्दै ट्राफिक प्रहरीले सवारी डाइभर्सन गरेको हो ।

ट्राफिक प्रहरीले पशुपति क्षेत्रतर्फ चल्ने सवारीसाधनलाई १२ स्थानबाट डाइभर्सन गरिएको छ । गौशाला क्षेत्रतर्फ जाने गाडीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको ।

त्यसैगरी मालवाहक गाडीहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिएको छ ।

सवारीसाधन व्यवस्थापनका लागि आजको दिनमा ५१३ ट्राफिक प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कोटेश्वरबाट बौद्ध र सुकेधारा जाने मालवाहक सवारीसाधन जडीबुटीबाट काँडाघारी हुँदै सञ्चालन गर्न दिने भएको छ । गौरीघाट हुँदै गोठाटारतर्फ चल्ने करिडोरमा सवारी चल्न दिइनेछ ।

यस्तै, पाशुपत क्षेत्रमा ६ ठाउँमा पार्किङस्थल तोकिएको छ । पार्किङका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ ।

नयाँ अर्थमन्त्री नियुक्त भएसँगै दोहोरो अंकले बढ्यो बजार Read Previous

नयाँ अर्थमन्त्री नियुक्त भएसँगै दोहोरो अंकले बढ्यो बजार

निजी क्षेत्रको मनोवल बढाउन अर्थमन्त्रीले भने-'अनुसन्धान पूरा नगरी थुन्ने काम अन्त्य गरिन्छ' Read Next

निजी क्षेत्रको मनोवल बढाउन अर्थमन्त्रीले भने-'अनुसन्धान पूरा नगरी थुन्ने काम अन्त्य गरिन्छ'