काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु, ३० जनाभन्दा बढी घाइते

काठमाडौं । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ ।

आज बिहान भएको सो दुर्घटनामा एक महिलासहित ६ जनाको मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।

उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

 

लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई 'कर्पोरेट लाइफटाइम अचिभमेन्ट' अवार्ड Read Previous

लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई 'कर्पोरेट लाइफटाइम अचिभमेन्ट' अवार्ड

महासंघ कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित Read Next

महासंघ कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित