भद्रकुमारी घलेलाई भारती खरेल स्मृति पुरस्कार

काठमाडौं । यस वर्षको ‘भारती खरेल स्मृति पुरस्कार’ साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेले पाएकी छिन् ।

 

भारती खरेल प्रतिष्ठानले सोमबार प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरी उनलाई सम्मान पत्रसहित ५१ हजार नगद पुरस्कार प्रदान गरेको छ ।

 

घले उमेरले ९० वर्ष काटेपनि अझै साहित्य रचना एवं सामाजिक कार्यमा सक्रिय छिन्। उनका १ सय ४२ कृति प्रकाशित छन्।

 

२०४९ सालमा भारती खरेल प्रतिष्ठान स्थापना भएदेखि प्रदान गर्न सुरु गरिएको यस पुरस्कार विभिन्न व्यक्ति तथा संस्थाहरुले पाएका छन् ।

 

अहिलेसम्म स्वामी प्रपन्नाचार्य, दयारवीर सिंह कंसकार, भीमबहादुर अधिकारी लगायत व्यक्ति र स्वर्गद्वारी आश्रम, जाउलाखेल सत्संग परिवार, अद्वैत संस्था, महेश गुरुकुल सन्याश्रम लगायतले यो पुरस्कार पाएका छन् ।

राष्ट्रिय गौरवका २० आयोजना : कुनको प्रगति कति Read Previous

राष्ट्रिय गौरवका २० आयोजना : कुनको प्रगति कति

अन्तरप्रदेश हवाइ उडानको इन्धनमा सहुलियत दिइने Read Next

अन्तरप्रदेश हवाइ उडानको इन्धनमा सहुलियत दिइने