मन्त्री ज्वालाको गाडीमा आगो लगाउने ५ जना पक्राउ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए ।

उक्त गाडीमा आगजनी गर्ने ५ जना पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ ।’

ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

गभर्नर अधिकारी विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार, छलफलमा बोलाइयो Read Previous

गभर्नर अधिकारी विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार, छलफलमा बोलाइयो

अर्थतन्त्र लयमा आएको छ, आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुन्छ : अर्थमन्त्री Read Next

अर्थतन्त्र लयमा आएको छ, आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुन्छ : अर्थमन्त्री