काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यशैली बदल्ने घोषणा गरेका छन् । मंगलबार आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनले केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने बताएका हुन् ।
‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु,’ उनले भने । उनले यही साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने बताए ।
उनले आफ्नो नेतृत्वको सरकारले लक्ष्य अनुसारको उपलब्धि हासिल गर्न नसकेको स्वीकारे । ‘यस अवधिमा सरकार असफल त भएन । तर, आफ्नै हुटहुटी अनुसार परिणाम पनि आएको छैन,’ प्रधानमन्त्री दाहालले भने ।