आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अपराह्न ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका सुशासन प्रवर्द्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयासबारे जानकारी दिन प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लागेका हुन् ।

सुविधा नलिएको बिजुलीको महसुल जबर्जस्ती उठाउन खोजियो : उद्योगी Read Previous

सुविधा नलिएको बिजुलीको महसुल जबर्जस्ती उठाउन खोजियो : उद्योगी

समस्याग्रस्त सहकारीलाई चैत भित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन Read Next

समस्याग्रस्त सहकारीलाई चैत भित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन