चीनले जारी गर्‍यो कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरको सूची 

काठमाडौं । कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर तथा उच्च प्रविधियुक्त औद्योगिक विकास पार्कहरूको पहिलो समूहको सूची जारी गरेको छ ।

सूचीको घोषणा सन् २०३० सम्म कार्बन डाइअक्साइड उत्सर्जनलाई चरम अवस्थामा पुर्याउने सरकारको योजना कार्ययोजनाअनुसार गरिएको र उक्त सूची सोही आधारमा तयार गरिएको चीनको शीर्ष आर्थिक योजनाकार राष्ट्रिय विकास तथा सुधार आयोग ९एनडिआरसी० ले उसको वेबसाइटमा जनाएको छ ।

सूचीमा परेका सहरहरूमा झाङजियाको, ताङसान, चेङ्दे, ताइयुआन, एर्दोस, बाओटौ, सेनयाङ, डालियान, हेइहे, यानचेङ, हाङ्जो, हुझोउ, बोझोउ, किङदाओ, यन्ताई, सिनजियाङ, जिनयाङ, जियानगयाङ, सियान, चाङ्सा, जियाङ्टन, सेन्जेन, युलिन र करामाय रहेका छन् ।

घोषणाअनुसार सूचीमा सामेल १० उच्च प्रविधियुक्त औद्योगिक विकास पार्क चाङ्झी, चिफेङ, हार्बिन, सुजौ, नानजिङ, हेफेई, देझोउ, झाओकिङ, जिक्सियन न्यु एरिया र कुक्का सहरहरूमा रहेका छन् ।

अर्थतन्त्र शिथिलताको असर निर्जीवन बीमा व्यवसायमा, बीमा शुल्क घट्यो ६२ करोड Read Previous

अर्थतन्त्र शिथिलताको असर निर्जीवन बीमा व्यवसायमा, बीमा शुल्क घट्यो ६२ करोड

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन Read Next

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन