भाटभटेनीका संचालक मीनबहादुरलाई साढे २ करोड धराैटीमा छाड्न आदेश

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सहकारी जग्गा हिनामिनामा हिरासतमा रहेको भाटभटेनी सुपरमार्केटका संचालन मीनबहादुर गुरुङलाई अदालतते धरौटीमा छाड्न आदेश दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालकाे एकल इजालसले गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सरकारी वकिल कार्यालयले ललिता निवास जग्गा  प्ररकरणमा  सरकारी कागजात कीर्ते अभियाेगमा भदाै १० गते ३११ जनाविरुद्ध  मुद्दा दायर भएको थियो । सोमध्ये गुरुङसहित १८ जना हिरासतमा थिए । अदालतले आइतबार गुरुङसहित १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले कीर्ते अभियोगमा ४ पूर्व मन्त्रीसहित ३११ जना बढी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा  दायर भएकाे थियाे ।

सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय शाह विरुद्ध कीर्ते अभियोगमा मुद्दा दायर भएको छ ।

त्यसैगरी, सरकारी वकिलले बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्यसहित २९० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साथै, आरोपितहरुसँग १८ अर्ब रुपैयाँ बढी बिगो दाबी माग गरिएको छ ।

लघु बीमा व्यवसायमा छैन आकर्षण, नयाँ कम्पनी थपिँदा व्यवसाय झन् घट्यो Read Previous

लघु बीमा व्यवसायमा छैन आकर्षण, नयाँ कम्पनी थपिँदा व्यवसाय झन् घट्यो

फास्ट ट्रयाकमा तीन वटा सुरुङ निर्माणले गति लिँदै, कुन कति मिटर खनियो ? Read Next

फास्ट ट्रयाकमा तीन वटा सुरुङ निर्माणले गति लिँदै, कुन कति मिटर खनियो ?