काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा उनीमाथि खुकरी प्रहार भएको हो ।
आक्रमण गर्ने व्यक्ति नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सो आक्रमणको कारण खुल्न सकेको छैन । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।