पाल्पामा गुडीरहेको जीप माथि पहिरो खस्यो, ३ जनाको मृत्यु

रामपुर । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जीप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ ।

गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जीप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस

दशकपछि भरिँदै भैरहवा सेज, अब २ प्लट मात्र बाँकी Read Previous

दशकपछि भरिँदै भैरहवा सेज, अब २ प्लट मात्र बाँकी

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?