जुत्तामा लुकाएको आधा किलो सुनसहित एक युवक पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले रु ५४ लाख बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंको बसमा उक्त सुनसहित युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको गौतमले बताए । साहले जुत्ताको नोकभित्र ५६१.३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा समातिएको प्रहरीले जनाएको छ ।

मुग्लिन-पोखरा सडक धमाधम कालोपत्र हुँदै, सिमसिम पानीमा पनि काम नरोकिने  Read Previous

मुग्लिन-पोखरा सडक धमाधम कालोपत्र हुँदै, सिमसिम पानीमा पनि काम नरोकिने 

आर्थिक विधेयक नसच्याए आन्दोलन गर्ने बैंक तथा वित्तीय संस्थाको चेतावनी  Read Next

आर्थिक विधेयक नसच्याए आन्दोलन गर्ने बैंक तथा वित्तीय संस्थाको चेतावनी