भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा यही जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीबार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ ।

शिवशिखर सहकारीको अर्बौं ठगी प्रकरण, ४ जिल्लामा कागजात संकलन गर्दै प्रहरी Read Previous

शिवशिखर सहकारीको अर्बौं ठगी प्रकरण, ४ जिल्लामा कागजात संकलन गर्दै प्रहरी

अष्ट्रेलिया उडान गर्न नेपाल एयरलाइन्सले पायो अनुमति, साढे ११ हजारमै मलेसिया Read Next

अष्ट्रेलिया उडान गर्न नेपाल एयरलाइन्सले पायो अनुमति, साढे ११ हजारमै मलेसिया