गिलियड साइन्सेसले उत्पादन गर्ने औषधि सहज उपलब्ध गराउन माग

काठमाडौं ।विश्वको १५ औं ठूलो औषधि उत्पादक कम्पनी ‘गिलियड साइन्सेस’ले उत्पादन गर्ने औषधिहरु सहजै रुपमा उपलब्ध गराउन एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ)ले माग गरेको छ ।

एएचएफले गिलियडले उत्पादन गर्ने एचआईभी र हेपाटाइटिस सीको औषधि विश्वव्यापी रूपमा सहज उपलब्ध हुने वातावरण मिलाउन माग गरेको हो ।

एएचएफले कम्पनीलाई मुनाफाभन्दा पहिले जीवनलाई केन्द्रमा राख्न सुझाव समेत दिएको छ ।कम्पनीले उत्पादन गर्ने औषधि अत्यधिक महँगो हुनुका साथै निम्न आय भएका देशहरूमा केही औषधिहरू दर्ता गर्न इन्कार गरेकाले त्यसलाई सहज बनाउनम एचएफले माग गरेको हो ।

गिलियड कम्पनीद्वारा उत्पादन हुँदै आएको विभिन्न औषधिमध्ये एचआईभी र हेपाटाइटिस सीको औषधि निम्न आयका भएका मुलुकका जनताको पहुँचमा पुग्न जरुरी रहेको एएचएफ नेपालका कार्यक्रम प्रबन्धक दिव्यराज जोशीले बताए ।

‘जीवनरक्षक औषधिहरूको मूल्य अत्यधिक निर्धारण गरिएको तथा यसले निम्न आय भएका देशहरूमा केही औषधिहरू दर्ता गर्न इन्कार गरेका कारण एएचएफले औषधि कम्पनीको उक्त रवैयाको विरोध गरेको हो,’ प्रबन्धक जोशीले भने ।

विश्वकै शीर्ष १५ औषधि कम्पनीमध्येमा पर्ने गिलियड औषधि कम्पनीले २७ अर्ब डलरभन्दा बढी मुनाफा आर्जन गरिसकेको छ । सन् २०२१ मा मात्रै यस कम्पनीले आफ्नो सीईओलाई १९ मिलियन डलरभन्दा बढी भुक्तानी दिएको थियो ।

अत्यधिक प्रभावकारी हेपाटाइटिस सी औषधिको मूल्य प्रति चक्की १,००० अमेरिकी डलर पर्छ र १२ हप्ताको उपचारको खुद्रा मूल्य अमेरिकामा ९०,००० डलरभन्दा बढी छ।

प्रबन्धक जोशीका अनुसार एएचएफले उक्त औषधि कम्पनीको व्यवहारको विरोधमा विश्वव्यापी रूपमा नै विभिन्न प्रकारका विरोधका कार्यक्रम गरिरहेको छ ।

आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई Read Previous

आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई

बजेटले खोलेको सिमेन्ट निर्यातको ढोका, ११ महिनामा ६८ करोडको विदेशियो Read Next

बजेटले खोलेको सिमेन्ट निर्यातको ढोका, ११ महिनामा ६८ करोडको विदेशियो