प्रधामन्त्री प्रचण्डले पाए विश्वासको मत, विपक्षमा ८९ मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका पाएका छन् । सोमबार बसेको संघीय संसदको प्रतिनिधि सभाको बैठकले उनलाई विश्वासको मत दिएको हो ।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रचण्डलाई १७२ सांसदले विश्वासको मत दिएका छन् । २६२ सांसद उपस्थित भएको बैठकमा उनको विपक्षमा ८९ जनाले मात्र मत दिएका छन् । एक जना तटस्थ बसेका छन् ।

प्रधानमन्त्री दाहाललाई संसदमा रहेका १२ मध्ये ९ दलले विश्वासको मत दिएका हुन् । उनलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन् ।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले भने प्रधानमन्त्रीको विपक्षमा मतदान गरे ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहाले पुस २६ मा विश्वासको मत लिएका थिए । तर, बीचमै संसदको दोस्रो ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि फेरि विश्वासको मत लिएका हुन् ।

व्यापार व्यवसाय सुनसान छ, व्यवसायीले खर्च धान्न सक्ने अवस्था छैन : उपाध्यक्ष श्रेष्ठ Read Previous

व्यापार व्यवसाय सुनसान छ, व्यवसायीले खर्च धान्न सक्ने अवस्था छैन : उपाध्यक्ष श्रेष्ठ

ग्राहकको पैसा लिएर सम्पर्कविहीन भए प्रभु बैंकका प्रबन्धक Read Next

ग्राहकको पैसा लिएर सम्पर्कविहीन भए प्रभु बैंकका प्रबन्धक