सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन्।

शुक्रबार नेशनल पिपुल्स कंग्रेस (एनपीसी)ले मतदानमार्फत्म महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको हो ।

राष्ट्रपतिका लागि चिनफिङ एक्ला उम्मेदवार थिए। सीको तेस्रो कार्यकालका लागि १ हजार ९७७ सदस्यीय एनपीसीले सर्वसम्मत मत दिएको हो।

गणतान्त्रिक चीनमा माओ त्सेतुङ पछि तेस्रो कार्यकाल राष्ट्रप्रमुख बन्ने सी पहिलो व्यक्ति हुन्। यसअघि चिनियाँ संविधानमै दुई कार्यकालभन्दा बढी पार्टीको महासचिव र राष्ट्रपति बन्न नपाइने व्यवस्था गरिएको थियो।

माओ त्सेतुङपछि चीनमा नेताहरू दुई कार्यकालसम्म पदमा रहने सीमा राखिएका थिए। सन् २०१८ मा उनले उक्त व्यवस्थालाई परिवर्तन गरेपछि उनी माओपछिको प्रभावशाली नेताका रूपमा देखिएका छन्।

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान, अब इन्जिन जाँचपछि मात्रै उडाउन दिने Read Previous

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान, अब इन्जिन जाँचपछि मात्रै उडाउन दिने

सगरमाथा र लुम्बिनी जनरलकाे एकीकृत काराेबार मिति तय Read Next

सगरमाथा र लुम्बिनी जनरलकाे एकीकृत काराेबार मिति तय