बैंक तथा वित्तीय संस्थाविरुद्धका गैरकानूनी क्रियाकलाप रोक्न गृहको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले यस्ता अवैध गतिविधि रोक्न निर्देशन दिइएको जानकारी दिए।

`त्यस्ता गतिविधि हुन नदिन र आवश्यक निगरानी बढाउन निर्देश गरिएको छ´, गृहसचिव सिंहले भने, `गृह प्रशासनको काम शान्ति सुरक्षा कायम गर्नु हो र निर्वाधरूपमा सेवा गर्ने वातावरण दिनु हो, सोहीअनुसारको निर्देशन गएको छ ।´

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्त विरुद्ध आन्दोलन जारी छ भने केहीअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएको थियो ।

काेभिडले सिथिल ठमेलकाे पर्यटक व्यवसायमा कम ब्याक, व्यवसायी उत्साहित Read Previous

काेभिडले सिथिल ठमेलकाे पर्यटक व्यवसायमा कम ब्याक, व्यवसायी उत्साहित

विदेशी पर्यटक बिना पथप्रदर्शक पदयात्रामा जान नपाउने Read Next

विदेशी पर्यटक बिना पथप्रदर्शक पदयात्रामा जान नपाउने