प्रधामन्त्री प्रचण्डले पाए ‘असाधरण’ मत, विपक्षमा जम्मा २ मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका पाएका छन् । सोमबार बसेको संघीय संसदको प्रतिनिधि सभाको बैठकले उनलाई असाधरण विश्वासको मत दिएकाे हाे ।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रचण्डलाई २६८ सांसदले विश्वासको मत दिएका छन् । उनको विपक्षमा जम्मा दुई जनाले मात्र मत दिएका छन् ।बैठकमा ५ जना सांसद अनुपस्थित थिए ।

प्रधानमन्त्री दाहाललाई संसदमा रहेका १२ मध्ये १० दलले विश्वासको मत दिएका हुन् । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन् । साथै, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि समर्थनमा मत दिएका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने प्रधानमन्त्री दाहाललाई समर्थन नगर्ने अर्थात् विपक्षमा मत दिए ।

प्रधानमन्त्री दाहाल गत पुस १० गते प्रधानमनत्रीमा नियुक्त भएका थिए ।

'पेट्रोल पम्पहरू पूर्ण अटोमेटेड र व्यवस्थित बनाएर सेवा दिन दिनुपर्छ' Read Previous

'पेट्रोल पम्पहरू पूर्ण अटोमेटेड र व्यवस्थित बनाएर सेवा दिन दिनुपर्छ'

भारतबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा दैनिक ९ घण्टा लोडसेडिङ Read Next

भारतबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा दैनिक ९ घण्टा लोडसेडिङ