हुलदंगा मच्चाउने विदेशी पासपोर्टधारी एनआरएनलाई उनीहरुकै देशमा पनि कारवाही हुने

काठमाडौं । नेपालमा चलिरहेको ‘एनआरएन ग्लोबल कन्फरेन्स’मा भाग लिन आएका रमेश थापा नाम गरेका नेपाली मुलका अष्ट्रेलियन नागरिकलाई जेलबाट निकाल्न नसक्ने अष्ट्रेलियाली सरकारको विदेश मन्त्रालयले जनाएको छ ।

 

अस्ट्रेलियाली नागरिकता लिएका मानिसहरु कुनै अर्को देशमा जाँदा त्यहाँको कानुन पालना गर्नुपर्ने र कुनै अपराध बापत जेल जानुपरे अस्ट्रेलिया सरकारले उनीहरुलाई जेल बाट निकाल्न नसक्ने त्यहाँको विदेश मन्त्रालयले जनाएको हो ।

 

केही दिन अघि विभिन्न सञ्चार माध्यमहरूमा नेपाली मूलका ति व्यक्तिले काठमाडौं विमानस्थलमा रहेको अध्यागमन डेस्क तोडफोड गरेको समाचार सार्वजनिक भएको थियो ।

 

हाल काठमाडौंमा चलिरहेको ‘एनआरएन ग्लोबल कन्फरेन्स’ रमेशको तोडफोड र हिजो हायात होटलमा भएको हुलदंगाका कारणले चर्चित भइरहेको छ ।

 

अष्ट्रेलियाको विदेश मामिला मन्त्रालयले जारी गरेको ‘स्मार्ट ट्राभलर’ नामक वेबसाइटले नेपालमा छँदा अस्ट्रेलियन राहदानी रहेकाहरुलाई त्यहीँको कानुन लाग्छ भनेर उल्लेख गरेको छ ।

 

अपराध गर्नेहरुलाई अस्ट्रेलियाली सरकारले खालि ‘कन्सुलर’ सेवा मात्र उपलब्ध गराउन सक्छ । तर, जेलबाट मुक्त गराउन वा जेलमा अरु बन्दीहरुलाई भन्दा अस्ट्रेलियाली नागरिकलाई राम्रो व्यावहार गर्न स्थानीय अधिकारीहरुसँग पहल गर्न नसक्ने पनि विदेश मन्त्रालयको भनाई छ ।

 

साथै, नेपाल र अस्ट्रेलिया बीच दोहोरो नागरिकता सम्झौता नभएका कारण कन्सुलर सहायतामा थप कठिनाइ हुनसक्ने पनि बताइएको छ ।
विदेश जाने अस्ट्रेलियालीहरुले यहाँको कानूनको पनि ख्याल राख्नुपर्ने हुन्छ नत्र फर्केर आउँदा यहाँ पनि कारवाही हुनसक्ने मन्त्रालयको भनाई छ ।

 

यसो हुँदा यहाँ आएर यहिँको राजनीतिक दल र तिनका कार्यकर्ताको जस्तो व्यवहार देखाइरहेका एनआरएनहरु भोलि आफ्नो कर्मक्षेत्रमा फर्कदा त्यहाँ पनि कारवाहीमा पर्न सक्ने देखिएको हो ।

रेष्टुरेन्ट व्यवसायमा वैदेशिक लगानी बढ्दो, अधिकांशमा चिनियाँ लगानी Read Previous

रेष्टुरेन्ट व्यवसायमा वैदेशिक लगानी बढ्दो, अधिकांशमा चिनियाँ लगानी

उपभोक्तसँग ऋण लिएर खानेपानी योजनाको लागि १० करोड जुटाइयो Read Next

उपभोक्तसँग ऋण लिएर खानेपानी योजनाको लागि १० करोड जुटाइयो