निर्वाचनमा शीर्ष नेता : कसले कहाँबाट गरे मतदान ?

काठमाडौं । आज देशभर प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ । संविधान बनेपछिको दोस्रो यस निर्वाचनमा नयाँ राजनीतिक दलदेखि पुराना पार्टीका शीर्ष नेताहरु चुनावी मैदानमा छन ।
प्रमुख राजनीतिक दलका नेताहरुले विभिन्न निर्वाचन केन्द्रबाट मतदान गरेका छन ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरे।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका छन ।

उनले मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने बताए । संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने उनको भनाइ थियो।

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गरेका छन । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेता पौडेलले सो अवसरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन । रौटहट क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका उनले गौर नगरपालिका–२ स्थित रामजानकी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन।

नेकपा (माओवादी केन्द्रं)का महासचिव देवप्रसाद गुरुङले लम्जुङको सुन्दरबजार नगरपालिका–८ को भारती सदन मावि मतदान केन्द्रबाट मतदान गरे । अर्थमन्त्री जनार्दन शर्माले आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका छन। उनी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिममा उम्मेदवार रहेका छन।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका–८ जौबारीको परोपकार आर्दश मावि क मतदान गरेका छन। सोही पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पा नगरपालिका लिवाङ–१ को वामरुपकस्थित तारा मावि रोल्पामा आज बिहान ७ः३० मा मतदान गरे।

सोही पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ स्थित बागेश्वर आधारभूत विद्यालयमा मतदान गरेका छन । सोही पार्टीका उपमहासचिव वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्रमा मतदान गरे । उनी रोल्पाबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका छन।

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नं १ को राप्ती–५ भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गरे। उनी चितवन क्षेत्र नं १ मा एमालेका तर्फबाट उम्मेदवार रहेका छन। सोही पार्टीका सचिव योगेश भट्टराईले मैवाखोला गाँउपालिकास्थित नारायणी मावि मतदान केन्द्रमा पहिलो मतदान गरे। उनी ताप्लेजुङमा एमालेका उम्मेदवार हुन।

एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्रीले गुल्मीको मदाने गाँउपालिका–४ म्यालपोखरीको मेहलपोखरी मावि मतदान केन्द्रमा ले मतदान गरिन। वाम लोकतान्त्रिक गठबन्धनको समर्थन रहेको स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले आज बिहान तिलोत्तमा नगरपालिका–९ को गौतमबुद्ध आधारभूत विद्यालयमा मतदान गरे। उनी रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार हुन।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गरेका छन । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका छन।

यसैगरी कांग्रेसका नेता एवं क्षेत्र १का उम्मेदवार प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल मतदान केन्द्रबाट मतदान गरे। मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आज बिहान मतदान गरेका छन

यसैगरी मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको मतदानस्थलमा मतदान गरे।

एमालेका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले विराटनगर–५ कोचाखालस्थित श्री आधारभूत विद्यालयमा मतदान गरेका छन । मोरङ क्षेत्र नं ४ ‘ख’बाट प्रदेशसभाका उम्मेदवार जीवन घिमिरेले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गरे।

कछुवा गतिमा विकास खर्च : चार महिनामा ६ प्रतिशत Read Previous

कछुवा गतिमा विकास खर्च : चार महिनामा ६ प्रतिशत

धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर Read Next

धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर