नेपाल र चीनबीच विभिन्न २० वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच विभिन्न २० वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोल्टी होटलमा आयोजित विशेष समारोहकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 

दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्टपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको उच्चस्तरीय वार्तापछि सम्झौता भएको हो ।

 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी लगायत उच्च अधिकारीले समझदारी पत्र साटासाट गरेका छन्।

समझदारी पत्रमा क्रस बोर्डर लाइन रेलमार्ग बनाउने देखि नगरहरूबीच भगिनी सम्बन्ध कायम राख्नेसम्मका विषय समावेश छन्।

 

शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्झौता भएको छ ।समझदारी पत्रमा टोखा– छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौं सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायत विषय समेटिएका छन् ।

 

काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

दशैं, तिहारलाई लक्षित गर्दै पौने ५ करोडको तास आयात Read Previous

दशैं, तिहारलाई लक्षित गर्दै पौने ५ करोडको तास आयात

सौराहा आउने पर्यटक ह्वात्तै बढे Read Next

सौराहा आउने पर्यटक ह्वात्तै बढे