दशैंको टिकाको दिन सनराइज बैंकले पनि दुई रुटमा निशुल्क बस चलाउने

काठमाडौं। बडा दशैंको अवसरमा सनराइज बैंकले निःशुल्क बस यात्राको सुविधा दिने भएको छ।  बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसर र बडा दशैंका अवसरमा बैंकले निशुल्क बस यात्राको सुविधा प्रदान गर्ने  जनाएको हो।

 

दशैंको बेला विशेषत टिकाको दिन काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने  भएकाले केही हदसम्म त्यस अभावलाई पूरा गर्न बस सेवा संचालन गर्न लागिएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। बस बुढानिलकण्ठ देखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुटमा चल्ने छ।

 

दशैको टिकाको दिन अथात् आश्विन २१ गते, मंगलबार बैंकले बस संचालन गर्ने जनाएको हो ।“सनराइज दशैं यात्रा हामी संग संगै” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवासंचालन गर्ने बिज्ञप्तीमा जनाइएको छ।

एकल पुरुषले पनि मासिक भत्ता पाउने Read Previous

एकल पुरुषले पनि मासिक भत्ता पाउने

सनराइज बैंकले टीकाको दिन दुई रुटमा निःशुल्क बस चलाउने Read Next

सनराइज बैंकले टीकाको दिन दुई रुटमा निःशुल्क बस चलाउने