एकल पुरुषले पनि मासिक भत्ता पाउने

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक ५०० रुपैयाँका दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो ।

 

गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हुँदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

 

महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले २० लाख रुपैयाँ बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ । रासस

अब साँझ ६ बजेदेखि ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न पाइने Read Previous

अब साँझ ६ बजेदेखि ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न पाइने

दशैंको टिकाको दिन सनराइज बैंकले पनि दुई रुटमा निशुल्क बस चलाउने Read Next

दशैंको टिकाको दिन सनराइज बैंकले पनि दुई रुटमा निशुल्क बस चलाउने