श्रीलंकामा खेती गर्न शुक्रबार सार्वजनिक बिदा, विदेश जानेलाई ५ वर्ष बेतलबी छुट्टी

कोलम्बो । श्रीलङ्काले कृषि प्रवद्र्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जानचाहनेहरूका लागि ५ वर्षसम्म बेतलवी बिदा दिने निर्णय पनि गरेको छ ।

 

‘तीन दिन कार्यालयमा काम नगर्ने गरी सार्वजनिक क्षेत्रका कर्मचारीलाई देशमा उत्पादन बढाउने कृषि कर्ममा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार पनि सार्वजनिक बिदाको व्यवस्था गरिएको’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

 

प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले हालै आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताएका थिए । स्थानीय विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आगामी सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् ।

सरकारी अपरिपक्वताको असर : जग्गा धितोमा बैंकले ऋण दिन बन्द, जनतालाई सास्ती Read Previous

सरकारी अपरिपक्वताको असर : जग्गा धितोमा बैंकले ऋण दिन बन्द, जनतालाई सास्ती

एकैपटक दुई कम्पनीको आइपीओ खुल्यो, कुनको कति कित्ता ? Read Next

एकैपटक दुई कम्पनीको आइपीओ खुल्यो, कुनको कति कित्ता ?