पहिलो बैठकमा बालेनका ६ प्रस्ताव : खाल्डा पुर्न पूर्वाधार एम्बुलेन्स, निःशुल्क रेष्टुरेन्टको शौचालय

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र साह (बालेन)ले ६ वटा एजेन्डा प्रस्तुत गरेका छन् ।

 

सोमबार ४ बजेदेखि सुरु भएको नगर कार्यपालिकाको बैठकमा मेयर साहले फोहोर व्यवस्थापनसहितका ६ वटा एजेन्डा प्रस्तुत गरेका हुन् ।

 

साहले फोहोर व्यवस्थापन, सडकका खाल्डाखुल्डी पुर्न पूर्वाधार एम्बुलेन्स, ढल निकास गर्ने, रेष्टुरेन्टमा निःशुल्क शौचालय व्यवस्था गर्ने, महानगरवासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने एजेन्डा प्रस्तुत गरेका छन् ।

 

मेयर साहले काठमाडौंका सडकमा परेका खाल्डाखुल्डी तत्काल पुर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका राखेका छन् ।

 

त्यस्तै, नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने समते उनले बताएका छन् ।

 

उनले रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सारेका छन् । यसका लागि केही चेन रेष्टुरेन्टहरुसँग कुराकानी समेत भएको उनले बताए ।साहले प्रस्तुत गरेका एजेन्डा उपर अहिले छलफल भइरहेको छ ।

 

 

सर्वोच्चले रोकेको निजगढ विमानस्थल निर्माण अघि बढाउन संसदीय समितिको निर्देशन Read Previous

सर्वोच्चले रोकेको निजगढ विमानस्थल निर्माण अघि बढाउन संसदीय समितिको निर्देशन

दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि आइपीओ निष्काशन गर्ने