काठमाडौं महानगर अपडेट : १ लाख ४७ हजार मत गन्दा कसले कति पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन्।

 

पछिल्लो पटक सार्वजनिक मत परिणाम (मंगलबार बिहान ७:३० बजेसम्म) १ लाख ४७ हजार ३९४ मत गन्दा साहले ४९ हजार ३५८ मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा १९ हजार २८९ मतले अगाडि छन् ।

 

साहलाई पछ्याइरहेकी सिंहले ३० हजार ६९ मत पाएकी छिन् । त्यस्तै, नेकपा एमालेका केशव स्थापितले २९ हजार २८४ मत पाएका छन् ।

भारतबाट मल आउने टुंगो नहुँदा यस वर्ष पनि अभाव हुने सम्भावना Read Previous

भारतबाट मल आउने टुंगो नहुँदा यस वर्ष पनि अभाव हुने सम्भावना

७३७ पालिकाको नतिजा सार्वजनिक : एमालेले २०० कटायो, कुन दलले कति जिते ? Read Next

७३७ पालिकाको नतिजा सार्वजनिक : एमालेले २०० कटायो, कुन दलले कति जिते ?